Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Monday, September 20, 2021

thumbnail

धर्म संस्कार जोगाउने पनि हामीले नै हो : विश्व हिन्दू महासंघ नेपालको सदस्य बन्दै गर्दा

 आस्था , विश्वास अनी धारणाको नाम नै धर्म हो मेरो बुझाईमा । धर्मले हामीलाई धेरै कुरा सिकाउछ , व्यबहार - बोली - बचन अनी कर्म , कर्म अनुसारको फल आदी । धर्मले ब्यक्ति अनी समाजलाई एउटा सुत्रमा बाधेको छ , नियममा बसालेको छ । सनातन हिन्दू धर्म , संसारकै पुरानो धर्म हो । यही धर्म पालकको भूमिकाले यस धर्मको रक्षार्थ मेरो पनि दायित्व रहन्छ । 

विश्व हिन्दू महासंघ अन्तर्गत रहेर हिन्दूत्वको संरक्षण , सम्बर्धन , रक्षा आदीमा मेरो पनि भूमिका हुनुपर्छ भन्ने मुल भावनाले प्रेरित हुँदै २०७८ असोज ३ गते , दक्षिणकाली नगरसमितीको सदस्यको रुपमा मैले सकेको गर्ने प्रण गरे । प्रण गरे , सनातन बैदिक हिन्दू धर्मको पालना , सम्ब्रिद्दीको लागी मैले मेरो बर्कतले भ्याएसम्म प्रतिबद्द हुनेछु ।   

मेरो पुर्खाले ॐ जप्नुभयो , ॐ भित्र यो संसार छ । ॐ ब्रह्मा बिष्णु अनी शिवको रुप हो । यही रुपमयी तत्वले हामीलाई सधैं सत्प्रेरणा प्रदान गरीरहेको हुन्छ । बर्तमान समयमा सनातन धर्ममाथी पनि अनेकौ लान्छना लाग्न थालेको छ , धर्मलाई कित्तकाट गर्न थालिएको छ , हस्तक्षेप गर्न थालिएको छ । हाम्रो मौलिकतासङ्ग प्रत्यक्ष धर्मको प्रभाब जोडीएको हुन्छ । हाम्रो अस्तित्वमा धर्मको प्रमुख भूमिका यद्यपी छ र सधैं रहनेछ । यो धर्म अनादिकालदेखी नै चलिआएको छ । हामीले यसको महत्वलाई उजागर गर्दै , यसको संरक्षणमा ध्यान दिनुपर्छ । मेरो यही मान्यताले नै गर्दा मैले एउटा सदस्यको रुपमा महासंघमा रहेर काम गर्ने इक्षा जाहेर गरे , सहपाठी जनार्दन गुरु मार्फत यस संस्थामा जोडीन पाए । यो आवश्यक छ , किनकी यो हाम्रो धर्मको रक्षार्थ खडा भएको छ । हामीले हाम्रो धर्मलाई बचाउनु छ , तब मात्र हाम्रो अस्तित्व बच्ने छ । हरी ॐ ।  
                                                   जय देश - जय नेपाल - जय ॐ कार । 



Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu