जब राजनीतिलाई ब्यापार बनाईन्छ ! त्यस देशमा नेताका भेषमा ब्यापारीको रजगज रहन्छ । ब्यापारीहरुले जब राजनीतिलाई आफ्नो ब्यापार गर्ने थलो बनाउछन , ब्यापारीको ब्यापार त फस्टाउछ तर देश भने सधैं डुब्छ अनी घाटामा जान्छ । नेपालको राजनीतिको बिगतबाट यही संस्कार पाउदै आएको सत्यतालाई अब पनि कसैले ढाकछोप गर्छ भने त्यस्तालाई देशद्रोही भन्दा फरक नपर्ला । योग्यता बिहिनी ब्यापारीले राजनीतिको नाममा गर्ने राज्यदोहन , सत्तादोहन अनी पददोहन जे जे भने पनि अन्ततोगोत्वा आफु मोटाउने अनी देशलाई यतास्थितीमा धकेल्ने जुन दुस्कर्म बिगत देखी हुँदै आएको छ , यही नेर राजनीतिका नाममा हुने ब्यापार यती फस्टायो कि राजनिती नै बदनाम हुनपुग्यो ।
राजनीति : राजनीति र समाजसेवा एक सिक्काका दुई पाटा हुन्। यी दुई जुन क्षेत्रमा लागे पनि उस्तै-उस्तै काम हुन भनिन्छ। राज्यको नीतिभित्र रहेर राजपाठमा अहम् भूमिका निर्वाह गर्ने अगुवाइ गर्ने, नेतृत्व प्रदान गर्ने र बृहत्तर राष्ट्रिय र मानवहितमा समर्पण रहनुको अर्थ नै राजनीति हो।कतिपय समृद्ध देशका राजनीतिक इच्छुक व्यक्तिहरू थप सामाजिक प्रतिष्ठा आर्जन गर्न र बृहत्तर जनता मुलुक र अझ त्योभन्दा माथि उठेर मानव जाति र प्रकृति संरक्षणमा समेत अहं भूमिका निर्वाह हेतु राजनीतिमा होमिन्छन्। तर नेपालको कथा भने बेग्लै छ , यहाँ कमाउन – रमाउन – धमाउन आफु बन्न , ब्यक्तिगत र राजनीतिक स्वार्थ पुरा गर्न झुण्ड झुन्डमा राजनीतिमा होमिन्छन ।
बिकसित अनी चेत राजनीतिमा परिणामतः त्यस्ता देशका राजनीतिक अगुवाको समाजले प्रतिष्ठित व्यक्ति बताउने मात्र होइन, निर्धक्क आफू र मुलुकविरुद्ध गद्दारी गर्दैनन् भन्ने विश्वासका साथ मतदान गर्छन् र गौरव गर्छन्। राजनीति त्यहीकारण सर्वस्वीकार्य प्रतिष्ठित र समाज र समग्रलाई नेतृत्व प्रदान गर्ने कारण नै यसको महत्व अरूभन्दा पृथक र आकर्षणको केन्द्रविन्दुमा छ।
भनिन्छ, तेस्रो विश्व जहाका नागरिक गरिबी, अभाव, पछौटेपन, अशिक्षाबाट ग्रस्त छन्, त्यहाँको राजनीति त्यो राजनीतिको मर्म र मान्यता सम्मत छ त ? अवश्य पनि छैन। तेस्रो विश्व खासगरी नेपाल जस्ता देशहरूमा राजनीतिको अर्थ वैकल्पिक रोजगार हरक्षेत्रका असफलहरूको आकर्षणस्थल र ब्याकव्यांचरको अखडा बन्न थालेको छ र अब त त्यो जमातले क्रमशः कब्जा नै जमाउने अवस्थामा मुलुक प्रवेश गरेको छ, जुन अब सह्य हुँदैन । ।
सम्पूर्ण क्षेत्रलाई शासन र अगुवाइ गर्ने नै राजनीतिले हो, जब राजनीतिमा त्यस्ता मानिसहरूले गाँजेका छन् भने हाम्रो नेपाली समाज र मुलुकले यो पछिल्लो चुनौतीको सामना कसरी गर्ला र प्रतिस्पर्धामा हामी कसरी आफ्नोपन बचाउन सकौँला वा के हामी थेगिखान सक्ने अवस्थामा रहौँला कि हाम्रो भविष्य अन्धकार छ ?
यहाँ आजका नयाँ पुस्ताका युवा राजनीतिमा आउने चाहना नै गर्दैनन् । हिजोदेखिको राजनीतिक संस्कार वा पद्धतिको निरन्तरता नै युवाप्रति राजनीतिक आकर्षण र झुकाव कम हुनुको मुख्य कारण हो । राजनीतिप्रति नेपाली समाजको बुझाइ पनि त्यति सकारात्मक छैन ।
अस्तित्वमा रहेका राजनीतिक दलको क्रियाकलाप यसको मूल जड हो । राजनीतिक आरक्षणमा मौलाएको गुन्डागर्र्दी, भ्रष्टाचार, ठेगदारी, सरुवा बढुवा तथा सामाजिक अपराधमा राजनीतिक संरक्षण जस्ता क्रियाकलापले युवा र शिक्षित वर्गलाई राजनीतिप्रति दिनप्रतिदन वितृष्णा फैलाइराखेको छ । बस्तुस्थिती :देशको जग नै हल्लिएको छ , उद्योग कलाकारखाना बेचिएको छ , धरासायी बनाईएको छ । असमान सन्धी अनी सम्झौता गरेर देशको अस्तित्व माथि संकट मोलिएको छ । लाखौं बिदेशिएका स्वदेशीहरुको खुन पसिनाले राज्य सन्चालनको निकम्मापनमा दौडिएको अवस्था छ र यो सत्य पनि हो ।
परिणामस्वरूप देश निर्माणका खम्बा युवा र शिक्षित वर्ग आज राजनीतिक चासो र उपस्थितिमा पर छ । जसका कारण अयोग्य, अशिक्षित र नेतृत्वविहीन व्यक्तित्वले राजनीति गरिरहेका छन् । हिजोकै पुराना वादबाट ग्रसित वयस्क नेताबाट आजका पार्टीहरू चलेका छन् । जसको कारण बदलिएको नेपाली समाज र यसको आवश्यकतालाई सम्बोधन गर्न ती पार्टीले सकेका छैनन् ।समस्या हामीसङ्गै छ । अरुलाई औंला उठाउन सजिलो मान्ने हाम्रो मानसिकता पहिला सुध्रिनु जरुरी छ । आफ्नो भूमिका के र कस्तो रहने भन्ने सम्म पनि नसोच्ने अनी राजनीतिले देश बिगार्यो भनेर भन्नु जायज हुँदैन । कस्तो ब्यक्तिलाई देश सुम्पिदै छौ यो बिचार गर्नुपर्दैन ? कस्तो दललाई मत दिदैछु हेक्का राख्नुपर्दैन ? ठुलो कुरा गरेर काममा सिन्को नभाच्नेबाट के पाउछ देशले यो बिचार गर्नुपर्दैन ? यस्ता प्रश्न अब आँफैले आँफैलाई सोधौ अनी बुझौ । बस आजलाई यत्ती ।
अन्त्यमा :
पुराना पुस्ताबाट नयाँ पुस्ताले राजनीतिलाई कमाउने थलोको रुपमा बुझे भने , नयाँ पुस्ताबाट पनि अपेक्षा नगर्दा नै बेस होला । कारण एक त युवा पुस्ताले राजनीति , देश अनी भबिस्यलाई फरक पाटोमा बुझ्नु अनी यदी राजनितीमा लागियो भने आफु बन्नु र आफुलाई बनाउनु हो भन्ने धारणा बनायो भने यो झन बिडम्बना हुन जान्छ । तसर्थ राजनीति सेवा हो, देशलाई बनाउने माध्यम हो भनेर जब सम्म चेतनाको स्तर साच्चै बन्न सक्दैन । तब सम्म राजनीति सुध्रिदैन अनी राजनीतिक ब्यापार पनि रोकिदैन । यो अवस्था अनी ब्यबस्थाको सुरुवात हामी आँफै युवाहरु उठेर , देश – गाउँ – सडक सडकमा आवाज बुलन्द नगरेसम्म शम्भब पनि छैन । पुरानै संस्कार अनी बिचारधाराका राजनीतिक सोचको उपज अब देश बिकास हुन हुन सक्दैन भनेर आम जनतालाई जगाउने बेला भएको छ । राजनीतिमा ब्यापारीहरुको रजगजलाई बन्द गर्न ठुलै आट गर्नुपर्ने भएको छ । आउनुहोस् हामी युवा एकजुट हुनै पर्छ । देशलाई लुटेराहरुको , राजनीतिको आडमा हुने देशको मोलमोलाई , कित्ताकाट गर्नेहरुको , देशको अस्मिता बेच्नेहरुको बिरुद्द अब उत्रिनै पर्छ । जय स्वाधिन नेपाल ।
प्रमोद कुमार पौडेल
सचिब
स्वतन्त्र राष्ट्रिय अभियान ,
काठमाडौ जिल्ला समिती
Subscribe by Email
Follow Updates Articles from This Blog via Email

No Comments