Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Sunday, December 5, 2021

thumbnail

यात्रा सुदुरपस्चिमको : देश नियाल्ने मौका

पहिलो दिन ।  

कार्तिक ७ गते २०७८ । साझको ६:३० बजे हामी कलंकीमा थियौ सुदुरपस्चिमको लागी बस कुर्दै । गोङ्गबुबाट बस आउँदै थियो । म र मेरो अंकल दुई जना झोला बोकेर तयारीका साथ बसको प्रतिक्षामा थियौ । बुटवलभन्दा पारीपटी नपुगेको मान्छे म , सुदुरको यात्रा पहिलो हुँदै थियो । कस्तो होला भन्ने कौतुहलता ठिकै थियो । बस आयो , सुन्दर सुदुरपस्चिम यातायात प्रा लि - भाडा २३०० रुपैया धनगढी सम्म, झन अघिल्लो दिन नै टिकट पक्का भाको थियो । जिबनमा यो यात्राले केही सिकाउदै थियो । म यती लामो बसको यात्रा पहिलो पट्क गर्दै थिए । क १ र २ सिट हाम्रो थियो । रातीको यात्रा खासै हेर्नुपनी थिएन बाहिर । हुईकियो बस धादिङ तिर । एकैचोटी पौने एघारमा चितवनको जुगेडीमा रोकियो भात खान ।   

जुगेडीको खाना मिठै लाग्यो मलाई चाँही , पैसा तिर्ने टोकन लिने। खाना फ्याक्न चाँही नपाईने तर जती खाए पनि ठीक । २५ मिनेटको अलमलपछी गूड्यो बस गन्तब्य तिर । बुटवलसम्म मलाई हेर्नु केही थिएन , पुगेको थिए त्यहा सम्म । फेरी रातको यात्रा, बसमा फिलिम चल्दै थियो । अंकल झुम्म झुम्दै हुनुहुन्थ्यो । म पनि । दाउन्नेको उकालो अनी ओरालोमा गाडीको लामै लाम रहेछ कारण जाम । सडकमै केही ट्रक बिग्रेको भन्ने खबर आयो ड्राईभरमार्फत । अब त्यही बसमै बस्नुको बिकल्प थिएन । करिब ३ घण्टाको जाम पछी पुन: यात्रा अघी बढ्यो । बिहान ७ बजे हामी बुटवल बजार पार गर्दै अघी वढ्यौ । बिहान अनी बुटवल पार भएपछिको समय मेरो लागी नयाँ थियो । म बसको झ्यालबाट नियाल्दै देश बुझ्दै थिए ।  मलाई बस लाग्ने समस्या । धेरै पटक बिजोग भाको छ कतै जादा । मनमा पिर अनी डर चाँही छ त्यही कारण । कपिलबस्तुमा हाम्रो बस चिया पिउन रोकियो । हामीले चिया र चना (मिठो ) खायौ , पसल सामान्य थियो त्यसैले । तराईको बाटो सिधा अनी सम्म । बसले दौडाई एकनासको पार्दा बाटो काटेको पत्तो नहुने । दाङको चप्परगौडीमा खाना खान रोकियो बस । सामान्य होटेल अनी अली सफा नभएको । तर बाध्यताले खान कर लागेको अनुभब गरियो त्यहा । २५० रहेछ एक जनाको खाना शुल्क । मैले मेरो युट्युबमा भिडियो बनाएर हालेको छु ( ) । बसले कैलाली जिल्ला प्रबेश गरायो । बाटोबाट देखिने द्रिश्यहरुलाई आखा अनी मस्तिस्कमा कैद गर्दै हामी ३:३० तिर चिसापानी पुग्यौ । अंकलले त्यहाको लोकल माछा किन्नुभयो । म परे फेरी साहाकारी । करिब डेढ घन्टाको यात्रापछी हाम्रो बसले धनगढी बजार प्रबेश गर्‍यो । पहिलो यात्रा मेरो , नौलो लाग्नु ठिकै थियो । फेरी म घुम्न भनेपछी मन पराउने , घुमन्ते प्रकारको । बास त बस्नै पर्‍यो , सोधिखोजी गर्दा होटेल डिभोटी भन्ने पत्तो लाग्यो , बस्न लायक मध्यमा पनि राम्रो । ५:३० साझ , एटा अटो समातियो र लागियो होटेल तिर । होटेल डिभोटी , सुदुरपस्चिममै कहलिएको रहेछ । हाम्रो पहिलो दिन यतिमै सकियो । लगभग २४ घण्टाको यात्रा , थकाई ।  





   





Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu