Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Tuesday, December 14, 2021

thumbnail

दोश्रो दिन : धनगढी देखी दार्चुलाको खलङ्गा : यात्रा बिकट तिरको

 पहिलो दिन धनगढीमा पुगेर सकियो । थकाई अनी आउने समयको कल्पनामा । दोस्रो दिन कार्तिक ९ गते २०७८ । दार्चुला भन्दा पनि खप्तड जानेकी भन्ने सल्लाह पनि भयो काकाभतिजमा । खप्तड जाने इक्षा त थियो मेरो पनि तर हामी खप्तडका लागी निस्केका भने थिएनौ । त्यही होटेल डिभोटीमा बुझ्न लगायौ खप्तडको लागी । तर अनुकुल भएन , हिंड्नुपर्ने र अली अफ्ठेरो छ भन्ने खबर आयो । बिहानको नास्ता गरेर हामी ट्याक्सी लिएर लाग्यौ अत्तरिया बजार तिर । अत्तरिया बजारबाट डढेलधुरा , डोटी , बैतडी  हुँदै दार्चुला पुग्ने सडक रहेछ । हामी अत्तरिया बजार पुग्दा करिब ९ बजेको थियो । जुन ट्याक्सी हामीले लिएका थियौ होटेलबाट सेठी दाई ( नाम बिर्सिए )ले मिलाईदिनुभयो एउटा फोर्स( जिप ) दर्चुलाको लागी । हामी के गर्ने भन्ने अलमलमै थियौ एक्छिन । ति सेठी दाईलाई हाम्रो धन्यवाद । प्रतिब्यक्ती Rs. २००० तिरेर हामी लाग्यौ खलङ्गा , दार्चुला  ।   

सो गाडीमा हामी सङ्गै धनगढी छेउछाउका अन्य ३ जना साथीहरु पनि रहेछन , जो राजधानीमा पढ्दै रहेछन । अली सहज लाग्यो उनिहरु हामीलाई । यात्रा लामो थियो करिब १२ घण्टाको । बाटोमा गूड्दै गर्दा परिचय पनि भयो । बिकट मानिएको सुदुरपस्चिमको पनि हामी पस्चिमको यात्रामा थियौ । अग्ला अग्ला पहाड , खोच , भौगोलिक बनवट अनी बाटोबाट नियाल्न सकिने द्रिश्य ।  





प्रधानमन्त्री शेर ब देउबाको गृह जिल्ला अनी मानसपटलमा बिकट ठाउँ भनेर बसेको डोटी , बैतडी अनी दार्चुला ।  आँखाले भ्याए सम्म कैद गर्दै यात्रा अघी बढ्यो । डढेलधुरा सम्म सडक ठीक छ , जब सो ठाउँ पार गर्यौ तब सडकको अवस्था बिग्रेको पायौ । कतै सानो कतै साघुरो , कतै अफ्ठेरो । फोर्सको तेस्रो सिटमा हामी काका भतिज । खासै सोचेजस्तो भिडियो बनाउन मिलेन । रातको पौने १० बजे हामी खलङ्गा पुग्यौ । भाई भुपेन बिष्टले हाम्रो लागी होटेल बुक गरेको थियो , मैले भनेर गर्न लगाएको थिए । होटेल सुर्यप्रकास । हाम्रो गाडी होटेल अगाडि रोकियो । गाडीका साथीहरुको संपर्क नम्बर लिएर हामी बिदा भयौ ।  





Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu