Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Tuesday, April 26, 2022

thumbnail

राजनीतिक पुस्तान्तरण अनी नेपालको बिकृत राजनीति : नयाँ पुस्ता जरुरी छ

 उही सोच , सिदान्त , बिचार  , ब्यक्तीको अनबरत पुनराब्रित्ती नै नेपाली मुल राजनीतिको प्रमुख सकस हो भन्दा म गलत हुदिन जस्तो लाग्छ । हुनत यो बिषयमा मैले पटक पटक आफ्नो धारणा राख्दै आएको पनि छु । स्थानिय निर्वाचन २०७९ , बैशाख ३० आईरहदा यतिबेला चुनावको काम कुरोले देशै खण्ड खण्डमा बिभक्त छ । जोड घटाऊ सङ्गै मिलाउने , जुधाउने , फुटाउने सबै प्रकृयाको गती पनि द्रुत हुँदैछ । आक्कल झुक्कल बाहेक मुल अनुहारमा फेरी पनि तिनै " आफुलाई बादसाह भनाउन रुचाउने " केही राजनीतिक स्वार्थ बोकेका ब्यक्तिहरुनै छन । फेरी पनि तिनैको वरिपरी परेर , पारीएर मेरो देशको , हाम्रो देशको राजनीति घुम्दैछ ।  

\राजनीतिक खोल ओढेका केही सिमित टाउकाहरुको अघिपछी घुम्ने यो देशको राजनीति अब पनि पटक पटक फेल भएका , असक्षम भएका टाउके हरुकै नजिक घुम्ने पक्का छ । कारण : हामी सबैलाई थाहा छ । टाउकेहरुप्रतीको आशक्ती , अन्धभक्ती आदी । राजनीतिको नाम सुन्दै फोहोरी खेल सम्झिने - भन्दिने युवा पुस्ताको नालयकीपन एउटा कारक हो अर्को तर्फ : पढेका , सुझ बुझ भएका नागरिक अनी राजनीतिक ब्यक्तिहरुको पुराना भनिएका दलहरुप्रतिको आशक्ती । आशक्ती यस कारण , काम बनाउनु छ : जागिर खुवाउनु छ : टेन्डर पार्नुछ : भर्ती गर्नुछ : पावर लगाउनु छ : दुनो सो-झ्याउनुछ आदी । 

राजनीति एउटा यस्तो पेशाको रुपमा स्थापित गराईएको छ : जहाँ न त योग्यता आवश्यक छ , न त सक्षमता अनी न त कुनै दक्षता । " यदी तिमी खराबबाट शासित हुन चाहन्छौ भने कही कती एक शब्दपनी नबोल्नु " कुनै बिद्वानको भनाइ । 

काठमाडौबाट राजनीतिमा अहिले बालेन शाहले टाउको उठाउन खोजेका छन , उनको उमेदवारी कहि न कही ठुला भनौदाको टाउको दुख्ने बिषय बनेको छ । हुन त म बालेन शाहको समर्थक पनि होइन , यो उनको निजी बिचारमा उनी चुनावमा स्वतन्त्र भएर उठ्न पाउछन । तर : युवापुस्ताको यो प्रयासलाई भने म समर्थन गर्दछु । 

आज भन्दा झन्डै १२ बर्ष अघी Right to Reject - Right to Recall को बिषयमा सर्बोच्च अदालतबाट निर्देशनात्मक आदेश दिलाउन सफल हुनुभएका अधिवक्ता स्वागत नेपालको राजनीतिक सोचबाट म प्रभाबित छु । मैले यहाँ उल्लेख गर्न खोजेको प्रसङ्ग , राजनीतिमा पुस्तान्तरण आवश्यक छ भन्ने हो । देशले धेरै तन्त्र सन्त्र भोगेकै थियो , अहिले सम्म पनि भोग्दैछ । बिकास , सम्रिद्दी भन्ने कुरा कहाँ गयो त ? मनन गर्नु पर्दैन ? पक्कै पर्छ । तिनै बिचारले देश बिकास हुने भए आज सम्म किन भएन ?? सोच्नुपर्दैन !!!

तिनै पुरानै टाउकाबाट देशको मुहार फेरिने भए , किन फेरिएन ? 

तिनैका तन्त्र मन्त्रले देशले गती लिने भए , किन गती लिएन ?

सोच्नुपर्दैन !!!! बिचार  गर्नुपर्दैन !!!

पछाडी बसेर देशको बिकास भएन भनेर गाली गर्ने अनी कराउने , युट्युबमा फलाक्दै हिढ्नेले म पनि राजनीतिको सुधारक हुँ भनेर कहिले सोच्यो ? कहिले बोल्यो ? हो , राजनीतिमा बुढापाकाको ठाउँमा युवा पुस्ता आउनुपर्छ , नयाँ पुस्ताले देशको राजनीति बुझ्नुपर्छ , गाउँ ठाउँ बुझेर , अध्ययन गरेर देशको बारे किन हामी अलग धारणा बनाउन सक्दैनौ । राजनीतिलाई औंला उठाउने ठाउँबाट ताली बजाउने ठाउँमा किन ल्याउन सक्दैनौ ? हो , हामी युवाको कमजोरी यही नेर छ । पढाई बिग्रिन्छ , भबिस्य खत्तम हुन्छ - अनी देश चाँही ?अनी देशको भबिस्य चाँही ?   

हाम्रो तर्क यती राम्रो छ कि हामी फेसबुकमा तथानाम भनेर कुर्लिन्छौ, गाली गर्छौ , परी आए मुखै छोड्छौ । किन 
कि हामीलाई हाम्रो मात्रै कुरा , तर्क , बिचार  राम्रो अनी सही भन्ने लाग्छ । राजनीतिमा साच्चै युवाको आवस्यकता छ भनेर बुझेको दिन हामी गाली गर्न छोड्छौ , आफु पनि अघी नसर्ने अनी अरु अघी बढ्दा नाना थरी भन्न पछी पर्दैनौ , हो यहीनेर हाम्रो समस्या छ । पुस्तौ देखी भोग्दै अनी देख्दै आएको बिकृत राजनीतिलाई सुधार्ने र बनाउने चाँही कसले त ? आँफै त बन्दैन होला नि ! । कि बिदेशीलाई बोलाउने ? यती हेक्का पनि राख्न नसक्ने युवा जमातबाट देशले पाउने चाँही केबल त्यही आलोचना मात्रै हो जसको लागी त्यो युवा पुस्ता जन्मेको हो । सोच बदलौ , देश बिस्तारै बदलिन्छ । पुराना पुस्तालाई क्रमश: बिदा गर्नको लागी देश अनी राजनीतिले सचेत अनी सक्षम युवा खोज्दै छ , रोज्दैछ र त्यो युवा म हो , तपाईं हो अनी हामी हो ।  


Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu