समाजसेवा सोचेजस्तो सजिलो छैन , अनेक आरोह अबरोह , भनाइ , राम्रा नराम्रा सबै सुन्नुपर्छ , भोग्नु पर्छ । समाजसेवाको एउटा पाटो मेरो लागि लायन्स क्लब । ५ बर्ष लाग्यो म क्लबमा प्रबेष गरेको । क्लबबाट धेरै कुरा पाए अनी थोरै कुरा गुमाए , नगण्य गुमाए । एउटा साथीभाइ अनी आफुभन्दा आदरणिय दाईहरु भेट्टाए , झनै नजिक हुन पाए ।
July 1st ( Lion Year 2022-23 )
५ बर्ष हुनै लाग्दा , क्लबको उपाध्यक्षमा मैले जिम्मेवेरए पाएको छु । बिरेन्द्र जि क्लबका अध्यक्ष हुँदा मैले उपाध्यक्षको भूमिका निभाउने छु , हुन त म हिजोबाट नै क्लबको हरेक कृयाकलापमा उतिक्कै सहभागी हुने मध्यको एक हुँ । अरुका लागि गरेको दिनको , सहयोग पुर्याएको दिनको महत्व नै छुट्टै हुने मैले अनुभब गरेको छु । यस क्लबमा मैले कुनै पैसा पाउदिन , उल्टो खर्च हुन्छ बर्षमा थोरैमा पनि १५००० जती ।
हो १५००० खर्च हुन्छ थोरैमा । तर संसारकै ठुलो सामाजिक संस्थाको अनुभब त्यो १५ हजारभन्दा धेरै नै ठुलो छ । बिदेशका सदस्य साथीहरुसङ्गको परिचय , भेट्घाट , कला सन्स्कृति - अनुभब साटासाट , बिदेश भ्रमण , समाजमा केही नाम , साथिभाईहरुको जमात , सन्तुस्टी , नेत्रित्व बिकासमा सहयोग , ब्यक्तित्व बिकासमा सहयोग - मैले पाएका केही उपलब्धिमा पर्छन । दिने भनेको अलिकती समय नै हो आफ्नो काम छोडेर , बिगारेर समाज सेवा हुँदैन पनि ।
लायन बर्ष २०२२ - २३ मा पाएको जिम्मेवारी मैले निभाउनुछ । समाजका बिबिध क्षेत्रमा आवस्यकताको सिद्दान्त अनुसार बिभिन्न कृयाकलाप गर्दै , सकेको काम गर्नु र प्रयास गर्नु नै म लगायत क्लबको काम हुनेछ ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email



No Comments