Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Saturday, August 13, 2022

thumbnail

देश डुबाउने कि बचाउने यसमा मेरो पनि हात छ : सचेत अनी सक्षम युवा एकजुट जहाँ मेरोपनी साथ छ

 अब आउने २०७९ मङ्सिर चार : पुराना पात्र सबैलाई राजनीतिबाट पार : यतिबेला राजनीतिमा पुराना ब्यक्तिहरु फेर्नै पर्छ , यदी नफेर्ने हो भने फेरिपनी तिनै खराब पात्रहरुबाट शासित हुनुपर्ने बिडम्बना अब सहन सकिदैन भन्दै स्वतन्त्र अभियानहरु एकजुट हुँदै आउने चुनावमा सहकार्यका लागी एकजुट हुँदै गरेको अवस्था छ । जसको प्रत्यक्ष अनुभुती अनी दर्शी म स्वयम पनि हुँ । राजनीति खराब छ भनेर कुर्लिनु एकातिर होला , तर खराब छ र त यसलाई असल बनाउनु पर्छ भनेर मैदानमा उत्रिनु पक्कै पनि आवश्यक कुरा हो । निर्णय लिदैछु , राजनीतिमा युवाहरु नहोमिने हो भने , जिम्मा नलिने हो भने भन्न सकिने भोलिका दिनमा उही रामराम मात्रै हो । बन्ने चाँही रमिते मात्रै हो । अनी सडक , घर चोकमा बसेर राजनीति फोहर भयो , देश बिग्र्यो भन्ने अधिकार हामीलाई हुनेछैन ।  म उमेदवार बन्दैछु काठमाडौ क्षेत्र नम्बर ९ बाट ।  

मलाई थाहा छ , पुराना भनिएका दल , अनी तिनका मालिकहरुको दबाब , धम्की अनी त्रास मैले झेल्नुपर्छ चुनावमा , तर तयार भएर लड्ने साहस बोक्दैछु ।  देशले राजनीतिक बिकल्पको रुपमा पुरना ब्यक्ति , बिचार  अनी ब्यबस्थालाई हटाएर उन्नत लोकतन्त्र - प्रत्यक्ष प्रजातन्त्रको महसुस गर्न जब सम्म सक्दैन , तब सम्म यहाँ हुने नै यस्तै हो । तसर्थ पनि सचेत युवा , सक्षम युवाले आट गर्नै पर्छ । बिकल्प त्यसै अनी आँफै आउँदैन र बन्दैन पनि । बिकल्प तपाईंहामी सचेत जनता , युवा जागे पनि बन्छ , जागे पनि आउछ । त्यसैलेपनी अब युवाहरुले आफ्नो राजनीतिक आँखा खोल्न ढिला गर्नुहुदैन ।  


Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu