केही लामो समय भएछ कुनै अप्डेड नभएको ब्लगमा , आज २०८० असार ११ गते सोमबार । यतीबेला पसलमा छु म समय बिहानको ११ : ५६ । आउने शनिवार ( जुलाई १ , २०२३ - असार १६, २०८० ) , क्लबको अध्यक्षको रुपमा मैले कार्यभार सम्हाल्दैछु । बिगत ६ बर्षको को यात्रापछी यहाँ सम्म आईपुग्दा केही तिताअनी केही मिठा अनुभब हरु भयो । धेरै साथीहरु जोडीए अनी केही थोरै टाढिए । संस्थागत अनुभब टन्न कमाउनु यो समयको उपलब्धी मान्नुपर्छ । समाजमा गर्ने भनेकै हामीले हो भन्ने सोच राख्ने म जस्ता हजारौको भिडमा कमाएको भनेको केही थान आत्मसन्तुस्टी र केही थान साथीभाई र केही सामाजिक जमात । " पैसा कती कमायौ भन्दा नि मान्छे कती कमायौ ? " यसले पनि जिबनमा अर्थ राख्दो रहेछ , तथापी पैसा पनि महत्व राख्छ । सामाजिक क्षेत्रमा कमाई हुन्न जहाँ मनले काम गरिन्छ यो क्षेत्र त्यही भित्र पर्छ ।
Lions Club Of Kathmandu Padmasambhav Dakshinkali को अध्यक्षको रुपमा मैले हाम्रो क्लब , संस्थालाई थोरै भएपनी अघी लानुपर्छ , एउटा खुड्किलो बनाउनुपर्छ यो सोच रहेको छ मेरो । सबैको सामुहिक साथ र प्रयास नै मेरो शक्ती हुनेछ । मेरो कार्यकाल केही फरक होस् यो चाहना छ । जे होस् यो अध्यक्षको पदले मलाई थप केही पक्कै सिकाउनेछ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email

No Comments