Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Saturday, September 30, 2023

thumbnail

जन्मदिन यस्तो होस् सम्झिदा पनि आनन्द आओस : सत्प्रयास आश्रममा हामी

असार २६ मेरो जन्मदिन । यस पटक केही खास रह्यो । जन्मदिन नै नपरेपनी ४ दिन अघी हामी टेकुमा सत्प्रयास आश्रममा पुग्यौ । हामी टिममा थियौ । हाम्रा उपाध्यक्ष राधा कृष्ण दाईको पहलमा सो आश्रममा बस्नुहुने आमाहरुका लागी केही खाद्यसामाग्रीहरु बोकेर हामी गएका थियौ । हामीले दिएर त पुग्ने होइन तर प्रयास हामीले गरेका थियौ । त्यहा बस्ने १५ जना आमाहरु सङ्ग बसेर हमीले केही समय बितायौ , वहाँहरुका दु:ख सुख सुन्यौ । रहर होइन पक्कै बाध्यता , मन नै अमिलो भयो । 

जन्मदिन केक काट्ने रहर मलाई कहिले लागेन , लाग्दैन पनि । खै मन मै आउँदैन , तडकभडक गर्ने । यो पटक जस्तै जन्मदिन केही फरक होस् , राम्रो होस् अनी सादा होस् यही लाग्छ मलाई ।हरेक ब्यक्ती एकदिन मर्छ नै , यस्तो जन्मदिन होस् ,सम्झिदा पनि आनन्द आओस । 


Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu