Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Saturday, September 30, 2023

thumbnail

My First Hiking : Hike For Health - Hike for Nature

जिबनको पहिलो हाईकिङ , क्लबबाटै जाने भन्ने धोको बल्ल पुरा भएको थियो । आफ्नै गाउँ ठाउँबाटै सुरु गरौ भन्ने मेरो उदेश्य पुरा पनि भयो। मैले नै लेखेको क्लबको ब्लगमा यस्तो छ " 

 क्लबले साउन ६ गते सानीवारका दिन भञ्ज्याङ - हात्तीबन - चम्पादेबीसम्मको हाईकीङ कार्यक्रम सम्पन्न गरेको छ । क्लब स्थापनाको छैठौ बर्षमा योकार्यक्रम पहिलो पटक आयोजना गरिएको हो । प्रकृति र हामी बिच गहिरो सम्बन्ध छ - यो रहे मात्रै हामी रहन्छौ तसर्थ बन जङ्गलमा फोहोर नगरौ - प्लास्टिक र प्लास्टिकजन्य बस्तु प्रयोगमा कम गरौ , बन सफा राखौ " जस्ता भाब र सन्देश दिन खोजेको क्लबका अध्यक्ष प्रमोद कुमार पौडेलले बताउनु भयो । यो कार्यक्रम पहिलो हो तथापी अब बेलाबेला यस्ता कार्यक्रम सन्चालन गर्ने र पर्याबरणिय क्षेत्रमा सकेको काम गर्ने समेत वहाँले बताउनु भयो ।

 कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष नरेश श्रेष्ठ , क्लबका अध्यक्ष प्रमोद कुमार पौडेल , सचिब मनोज प्रधान , जनसंपर्क प्रमुख शिवहरी पौडेल , कोषाध्यक्ष मनोज कर्माचार्य , प्रा डा रामाकृष्ण महर्जन , जयराम फुयाल , लियो अध्यक्ष रोशनी महर्जन , लियो सचिब अभय कर्माचार्य , लियो श्रया श्रेष्ठ , लियो सुमिना महर्जन , लियो श्रीदेबी बलामी लगायत फर्पिङ फिट्नेश क्लब , भञ्ज्याङ टोल सुधार समितीका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । 




हाम्रो उदेश्य मात्र हाइकिङ पनि थिएन ,बन क्षेत्रमा प्लास्टिक जन्य फोहर नगरु " भन्ने सन्देश दिदै सरसफाइ पनि गर्ने भन्ने उदेश्य थियो। क्लबको अध्यक्षको रुप्मा यो हाइकिङको अगुवाई मैले गर्दै थिए र हामी १८जना ग्रुपमा थियौ । भन्ज्याङ्ग देखी हात्तीबन रिसोर्ट हुँदै हामी चम्पादेबी सम्म जादै थियौ । धेरै पट्क यो बाटो हिंडे पनि यो अली फरक यात्राा थियो । 

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu