हुन त म आँफै आयोजक रहेको यो कार्यक्रम होला कि नहोला भन्ने दोधारमा म बिहानै फर्पिङ पुगेको थिए । २०८० भदौ ३० गते शनिवार , ६ नै बजे फर्पिङ पुगे । जान्छु भनेका साथीभाई कोही नजाने भन्ने पक्का भयो । को को होला त जाने मनमा कुरा खेल्दै थियो , ६:३० बजे तिर भेट सुरेन्द्र मानन्धर दाई सङ्ग भयो , वहाँ सोच्दै नसोछेको मान्छे टुप्लुक्क जाने गरी आउनुभएछ , खुशी लाग्यो । गफ गर्दै एक्छिन कुरियो , क्रमश रमेश , मनोज कर्माचार्य दाई , नरेश दाई र राम कृष्ण सर आई पुग्नुभयो ।
जम्मा ६ को टोली तयार भयो । र लागियो उकालो , केही खाने कुरा पानी लगायतका सामानहरु बोकेर पुरानो दक्षिणकाली पहिलो गन्तब्य बनाएर हामी सुरु गर्यौ यात्राा ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email

No Comments