दिन थियो २०८० साल मङ्ग्सिर ७ गते । बिहान ५ बजे हामी निस्कियौ जुम्लाको लागी , स्कोर्पियोमा । साथमा मुरारी अर्याल दाई ( गाडी शाहुजी ) , राधा कृष्ण दाई , सुन्दर दाई , प्रा .डा राम कृष्ण सर , मुरारी बास्तोला दाई र रामचन्द्र जि गरी ७ जना ।
हामी जुम्लाको सिन्जा ( नेपाली खस भाषाको उदगम स्थल ) जादै थियौ । म क्लबको अध्यक्ष , त्यहाका ४०० जना बिद्यार्थीहरुलाई बिभिन्न सामाग्रीहरु सहयोग गर्ने कार्यक्रम थियो ।
४०० जना बिद्यार्थीहरुलाई स्कुल ब्याग , केही पाठ्यसामाग्रीहरु र १२ सय वटा प्याकेट स्यानेटरी प्याड ( छात्राहरुको लागी ) बोकेर हामी पहिलो पटक जुम्ला पुगेका थियौ । म क्लब अध्यक्ष हुँदा अली केही फरक गरौ भन्ने मनमा थियो । त्यसैले पनि मैले राजाधानी भन्दा धेरै पर कमसेकम एउटा मात्रै भएपनी कार्यक्रम गर्छु भन्ने सोचको परीणाम यो कार्यक्रम थियो । सकेको गर्न पाउदा मलाई एकदम खुशी लागेको थियो । यसमा मलाई सुन्दर दाई र राधाकृष्ण दाईले सहयोग गर्नुभयो र वहाँहरु बिना शायद यो सम्भब पनि हुँदैनथियो । फर्पिङ बाट चितवनसम्म सजिलै पुगेपनी नवलपरासी जिल्ला बाटो र सडक पार गर्दै ,दाउन्ने सम्म पुग्न झन्डै ५ घण्टा लाग्यो । नेपालको बिकास हेर्न यतै पो आउनुपर्ने रहेछ जस्तो लाग्यो ।
हामी ७ गते साझ बाकेको कोहलपुर पुग्यौ ।
नयाँ ठाउँ अनी नयाँ यात्रा । साथमा जुम्ला पुग्ने उत्सुकता ।
बिहान ५ बजेको यात्रा राती झन्डै ८ बजे हामी कोहलपुरको होटेल अतिथिमा पुग्यौ । बाटोमा धेरै कुराहरु सुन्दै , युट्युबको लागी मोबाईलबाट भिडियो खिच्दै म आफ्नै तालमा मस्त हुँदै समय कसरी बित्यो पत्तै भएन । गाडी लाग्ने हुनाले म अगाडी सिटमा बसेको थिए ।
फर्पिङ बाट चितवनसम्म सजिलै पुगेपनी नवलपरासी जिल्ला बाटो र सडक पार गर्दै ,दाउन्ने सम्म पुग्न झन्डै ५ घण्टा लाग्यो । नेपालको बिकास हेर्न यतै पो आउनुपर्ने रहेछ जस्तो लाग्यो ।
कर्णालीको यो मेरो दोश्रो यात्रा थियो । हामी कोहलपुरको होटेल अतिथीमा पहिलो दिनको यात्रा पुरा गर्न तिर लाग्यौ । पहिलो दिनको यात्रा सफल रह्यो ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email










No Comments